Pura Samachar
  • कराँतेका श्रेष्ठलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

    प्रकाशित: ६ दिन पहिले
    पूरा समाचार

    कराँतेका श्रेष्ठलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

    काठमाडौँ– कराँतेका मन्डेकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

    ललितपुरको सातदोबाटोमा मंगलबार भएको अवार्ड कार्यक्रममा मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।

    उनले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड चुमेका हुन ।

    ८ औँ राष्ट्रिय खेलकुदका स्वर्ण पदकधारी श्रेष्ठले  गत वर्ष थाइल्याण्ड ओपन कराँते च्याम्प्यनसिप, थाइल्याण्डमा रजत पदक जितेका थिए र साथै  १३ औं सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए ।

    प्रतिक्रिया