Pura Samachar

बाइडेनको शपथ ग्रहण अघि वाशिङटन किल्लामा परिणत, २५ हजार सैनिक तैनाथ

प्रकाशित: January 19, 2021
पूरा समाचार

बाइडेनको शपथ ग्रहण अघि वाशिङटन किल्लामा परिणत, २५ हजार सैनिक तैनाथ

वासिङटन । विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको राजधानी यतिबेला युद्ध क्षेत्र जस्तो देखिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण समारोह सुरु हुनुभन्दा केही घण्टा अघि अमेरिकामा एक अभूतपूर्व स्थिति बनेको छ ।

राजधानी वाशिंगटनमात्रै भएर अन्य ५० राज्यहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कयौं अमेरिकी नागरिकहरु निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुका तर्फबाट क्यापिटल हिल हिंसा दोहोरिने त्रासमा छन् ।

क्यापिटल हिलतर्फ जाने सडकहरुमा हजाराौंको संख्यामा सुरक्षाकर्मीहरु गस्ती गरिरहेका छन् । ठाउँ–ठाउँमा ‘रोड ब्लक’ हरु लगाइएको छ । अनुहार छोपेका हतियारले सुसज्जित सुरक्षाकर्मीहरु गाडीहरुको जाँच गरिरहेका छन् । बीबीसीले मिडिया रिपोर्टलाई उद्धृत गरेर नेशनल गार्ड्सका २५ हजार जवानलाई सुरक्षाका लागि सहरमा तैनाथ गरिएको छ ।

यसैबीच जनवरी ६ का दिन क्यापिटल हिल हिंसामा प्रदर्शनकारीका साथ देखिएका कयौं सुरक्षाकर्मीहरुको पनि जाँच भइरहेको बीबीसीले जनाएको छ । मिडिया रिपोर्टहरुमा हतियारमार्फत् हुने आक्रमणको आशंका पनि जनाइएको छ । वाशिङटनमा प्रहरीको गाडीले सडकहरुमा गस्ती गरिरहेको छ भने हेलिकोप्टरबाट गतिविधिहरु नियाल्ने काम भइरहेको छ ।

सडकहरुमा कयौं सेता रंगका टेन्टहरु लगाइएका छन् । ती टेन्टहरुमा केही दिनदेखि सुरक्षाकर्मीहरु बस्दै आएका छन् । कयौं मेट्रो स्टेशन बन्द गरिएका छन् भने ठूला क्षेत्रमा सवारी साधनहरुको प्रवेशमा प्रतिबन्ध लगाइएकोछ । क्यापिटल कम्प्लेक्सलाईे जनताका लागि बन्द गरिएको छ । जनवरी २० मा सर्वसाधारण नागरिक क्यापिटल ग्राउन्ड जान पाउने छैनन् । वाशिङटनलाई अन्य सहरहरुसँग जोड्ने पुल र छिमेकी सहर भर्जिनिया बन्द गरिने भएको छ ।

प्रतिक्रिया