Pura Samachar

कुवेतमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस

प्रकाशित: January 21, 2021
पूरा समाचार

कुवेतमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस

दोहा- कुवेतमा पनि दुई जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भएको छ ।

बेलायतबाट आएका कुवेतका दुई महिलामा पीसीआर परीक्षण गर्दा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टी भएको कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल-सनादले बताए  ।

ती दुई महिलाले बेलायतमा पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएको तर, कुवेत एयरपोर्टमा परीक्षण गर्दा उनीहरुमा नयाँ प्रजातिको संक्रमण देखा परेको मन्त्रालयका प्रवक्ता अल-सनादलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

नयाँ प्रजातिको संक्रमण देखिएसँगै कुवेतले कडा स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै विशेष गरी मास्क लगाउने, हात धुने र भेलाबाट टाढा रहन अनुरोध गरेको छ ।

यद्यपि कुवेतले विगत एक महिना अघिदेखि फाइजर-बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाबिरुद्धको खोप दिइरहेको छ ।  त्यहाँ नेपालीसहित आप्रवासी श्रमिकहरुले खोप निःशुल्क रुपमा प्राप्त गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५९ हजार २६४ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ५२ हजार ४२० पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ९५१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया