Pura Samachar
  • बाइडेनको आगमन : ट्रम्पका सल्लाहकारदेखि सहयोगीसम्मलाई चीनमा प्रतिबन्ध

    प्रकाशित: ३ महिना पहिले
    पूरा समाचार

    बाइडेनको आगमन : ट्रम्पका सल्लाहकारदेखि सहयोगीसम्मलाई चीनमा प्रतिबन्ध

    माघ ८, काठमाडौं । चीनले अमेरिकाका पूर्वविदेश मन्त्री माइक पोम्पियोसमेत २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सञ्चार माध्यमलाई जनाएअनुसार बिहिबार चीनले यस्तो निर्णय गरेको हो ।

    प्रतिबन्ध लगाइएका व्यक्तिले राष्ट्रिय सम्प्रभूतामाथि उल्लंघन गरेको चीनको ठहर छ । पोम्पियोसहित अमेरिकाका पूर्वआर्थिक सल्लाहकार पीटर नवार्रो, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन, डेबिड आर स्टीलवेल, मैथ्यू पोन्टिगर, पूर्वस्वास्थ्य मन्त्री एलेक्स अजार, कीथ जे क्राच, केली क्राफ्ट, पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टन, ह्वाइट हासका रणनीतिककार स्टीफन के बैननलगायतका छन् ।

    चीनमाथि लगाइएका आरोप र असहयोग पनि यीनै अधिकारीको योजनामा भएको चीनको बुझाई छ । चीन, मकाऊ र हङकङमा उनीहरुलाई प्रवेश निषेध गरिएको छ ।

    साथै उनीहरुसँग सम्बन्धित कम्पनीले पनि चीनसँग व्यापार गर्न पाउने छैन् ।

    अमेरिकामा सरकार परिवर्तन भएपनि चीनप्रतिको रवैया परिवर्तन नहुने संकेतहरु देखिएका छन् । बाइडेनले पनि चीनप्रति ट्रम्पकै नीतिलाई अगाडि बढाउने सम्भावना रहेको बताईन्छ । एजेन्सीबाट

    प्रतिक्रिया