Pura Samachar

रियल म्याड्रिडको जितमा बेन्जिमाको दुई गोल

प्रकाशित: January 24, 2021
पूरा समाचार

रियल म्याड्रिडको जितमा बेन्जिमाको दुई गोल

स्पेनिस ला लिगमा रियल म्याड्रिडले जित हात पारेको छ। शनिबार राति भएको खेलमा रियलले अलाभेसलाई ४-१ गोलले पराजित गर्‍यो।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे।

खेलको १५ मिनेटमा कासेमिरोले रियलका लागि पहिलो गोल गरे। बेन्जिमाले ४१ मिनेटमा टिमको अग्रता दोब्बर पारे।

इन्जुरी टाइममा इडिन हजार्डले अर्को गोल गर्दा रियल पहिलो हाफमा ३-० गोलले अघि रह्यो।

खेलको ५९ मिनेटमा अलाभेसका जोसेलुले गोल फर्काए।

७० मिनेटमा बेन्जिमाले टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे।

यता सेभियाले काडिजलाई ३-० गोलले हरायो।

ला लिगाको अंक तालिकामा एट्लेटिको म्याड्रिड १७ खेलबाट ४४ अंक जोडेर शीर्ष स्थानमा छ।

दोस्रो स्थानको रियल म्याड्रिडको १९ बाट ४० अंक छ। सेभिया १९ खेलबाट ३६ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ।

१८ खेलबाट ३४ अंक जोडेको बार्सिलोना चौथो स्थानमा झरेको छ।

प्रतिक्रिया