बेइजिङ । चीनको सुनखानीमा १० जना मृत फेला परेका छन् । पूर्वी चीनको साङदोङ प्रान्तको सिसीयास्थित सुनखानीमा भएको विस्फोटमा परि भित्रै फसेका १० जनाको मृत फेला परेका हुन् ।
आइतबार सुनखानीमा जीवितै रहेका ११ जनाको उद्धार गरिएको थियो । अन्य एकजना मजदुरको अवस्था भने अझै अज्ञात रहेको ग्लोबल टाइम्सले जनाएको छ । ती मजदुरको खोजी कार्य भइरहेकोसमेत जनाइएको छ ।
आइतबार दिउँसो ३:१८ बजे ११ जनाको जीवितै उद्धार गरिएपछि उद्धारकर्मीहरु खानीभित्र पस्दा अन्य १० जना मृत भएको पाइएको हो । उद्धार टोलीका प्रमुख डु बिङजियानले उनीहरुको मृत फेला परेको बताएका थिए ।
उद्धारकर्ताहरुका अनुसार उनीहरुमध्ये केही भोकले मरेको र केहीको विस्फोटमा परि घाइते भएपछि उपचार नपाएको मृत्यु भएको थियो ।
जनवरी १० मा सुनखानीमा विस्फोट भएको थियो । विस्फोट देखि नै पनि उद्धार कार्य जारी रहेको छ ।
चीनमा खानी विस्फोटका घटनाहरु विश्वमै सबैभन्दा धेरै हुने गरेका छन् ।
प्रतिक्रिया