Pura Samachar

प्रधानमन्त्री कप – पुलिसविरुद्व ब्याटिङमा एपीएफ, वसन्त, प्रदिप र किशोर बेञ्चमा

प्रकाशित: January 27, 2021
पूरा समाचार

प्रधानमन्त्री कप – पुलिसविरुद्व ब्याटिङमा एपीएफ, वसन्त, प्रदिप र किशोर बेञ्चमा

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेको छ।

कीर्तिपुरस्थित विश्वविद्यालय मैदानमा टस हारेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब ब्याटिङ गर्ने भएको छ।

विभागीय डर्वीद्वय जित हात पार्ने लक्ष्यमा छन्। पुलिसले यसअघिकै टीमलाई निरन्तरता दिएको छ भने एपीएफले राष्ट्रिय टोलीका भेट्रान बलर वसन्त रेग्मीले आराम पाएका छन्।

उनीसँगै प्रदिप ऐरी र किशोर महतो बेञ्चमा छन्। नियमित खेल्दै आएका उनीहरु पहिलो सेमिफाइनलमा बेञ्चमा राखिएको छ।

प्रतिक्रिया