Pura Samachar
  • राष्ट्रपति पुटिन र बाइडेनबीच पहिलो टेलिफोन संवाद, चुनावी हस्तक्षेपको विषयमा चेतावनी

    प्रकाशित: १ महिना पहिले
    पूरा समाचार

    राष्ट्रपति पुटिन र बाइडेनबीच पहिलो टेलिफोन संवाद, चुनावी हस्तक्षेपको विषयमा चेतावनी

    वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको पहिलो फोन संवादमा चुनावी हस्तक्षेपका बिषयमा चेतावनी दिएको ह्वाइटहाउसले जनाएको छ ।

    मंगलवार दिउँसो भएको संवादमा रुसमा जारी विपक्षीको प्रदर्शन र आणविक सम्झौताको सुरुवात गर्नेबारे छलफल भएको बताइएको छ । रुसी वक्तव्यका अनुसार चुनाव जितेकामा पुटिनले बाइडनलाई बधाइ दिएका थिए । बाइडनले पदभार सम्हालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका हुन् ।

    ह्वाइटहाउसको वक्तव्यका अनुसार दुई राष्ट्रपतिबीच अमेरिकी सफ्टवेर कम्पनी सोलारविन्डमा भएको साइबर हमला, अफ्गानिस्तानमा रहेका अमेरिकी सेनामाथि रूसले मूल्य तोकेको भन्ने समाचार र एलेस्की नभाल्नीमाथि भएको विषहमलाका बिषयमा छलफल भएका थिए ।

    क्रेम्लिनले भने दुई देशबिचको सम्बन्ध सामान्यिकरणको बिषयमा आफ्नो ध्यानाकर्षण भएको र त्यसले दुवै देशको स्वार्थलाई सम्बोधन गर्ने जनाएको छ ।

    मस्कोले ‘आफूहरूको विश्वको सुरक्षा र स्थिरता कायम गर्नमा विशेष जिम्मेवारी रहेको कुरालाई ख्याल गरेको’ जनाएको छ । दुई राष्ट्रपतिबिच ‘कामका बिषयमा खुलस्त’ कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

    अमेरिकी वक्तव्यमा थप भनिएको छ- राष्ट्रपति बाइडनले आफू र आफ्ना साझेदारलाई रूसले पुर्‍याउने क्षतिविरूद्ध अमेरिका आफ्नो राष्ट्रिय स्वार्थको बचाउमा बलियोसँग उभिने जनाएका छन् । – बीबीसी

    प्रतिक्रिया