Pura Samachar
  • युभेन्टस र नेपोली कोपा इटालियाको उपाधिका लागि भिड्ने

    प्रकाशित: ३ हप्ता पहिले

    युभेन्टस र नेपोली कोपा इटालियाको उपाधिका लागि  भिड्ने

    कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नेपोली भिड्ने पक्का भएको छ । दोस्रो सेमिफाइनल खेलबाट नेपोली फाइनलमा प्रवेश गरे सँगै उपाधिका लागि युभेन्टससँगको भेट पक्का गरेको हो ।

    सेमिफाइन अन्तर्गत शनिबार राति भएको दोस्रो लेगमा नेपोली र इन्टर मिलानले १-१ को बराबरी खेलेसँगै नेपोली समग्रहमा २(१ को जित सहित कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा नेपोलीले इन्टर मिलानमाथि १–० को जित निकालेको थियो ।

    नेपोलिको घरेलु मैदानमा भएको दोस्रो लेगमा मिलानले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल बराबरिमा रोकिएको हो । खेलको दोस्रो मिनेटमा नै मिलानका क्रिस्टियन एरिक्सनले गोल गर्दै अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिन चार मिनेट बाँकी रहदा मार्टेन्सले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफमा दुबै टोलिबाट थप कुनै गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो ।

    यसअघि नै युभेन्टसले एसी मिलानलाई पराजित गर्दै फाइनलमा स्थान बनाई सकेको छ । शुक्रबार भएको दोस्रो लेगमा मिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्टस अवे गोलको आधारमा फाइनलमा पुगेको थियो । अब उपाधिका लागि युभेन्टस र नेपोलिबिचको खेल १७ जुनमा हुने छ ।

    प्रतिक्रिया