Pura Samachar

कोपा इटालियाको उपाधि नापोलीलाई, युभेन्टस पराजित

प्रकाशित: June 18, 2020

कोपा इटालियाको उपाधि नापोलीलाई, युभेन्टस पराजित

काठमाडौं – कोपा इटालियाको उपाधि नापोलीले जीतेको छ ।

बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४-२ ले हराएको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।

युभेन्टसको लागि ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टभन्दा माथि आकासिएको थियो । तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए ।

नापोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।

हारसँगै १४ औं पटक कोपा इटालियाको उपाधि चकानाचुर भएको छ । नापोलीले भने ६ वर्षपछि उपाधि जीत्न सफल रह्यो ।

प्रतिक्रिया