Pura Samachar

सात बिन्दुले घट्यो शेयर बजार

प्रकाशित: February 9, 2019

सात बिन्दुले घट्यो शेयर बजार

काठमाडौँ, २३ माघ। आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.५० बिन्दुमा झरेको छ । आज कूल १६७ कम्पनीको सात लाख ४६ हजार ९४६ कित्ता शेयर २३ करोड ५६ लाख ३६ हजार ८५९ मूल्यमा खरीद बिक्री भए ।

आज कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर घटेको छ । बैंकिङ ५.८४, व्यापार ०.१७, होटल १३.९, विकास बैंक २.३८, जलविद्युत् १५.५, वित्त ४.१९, निर्जीवन बीमा २७.५४, उत्पादन २५.४८, अन्य ३.४८, लघुवित्त १०.३८ र जीवन बीमा ४६.९५ बिन्दुले घटेको छ ।

प्रतिक्रिया