Pura Samachar

फिफा विश्वकप र एसिया कपकाे छनोटका लागि नेपालले आज ताइपेईसँग खेल्दै

प्रकाशित: June 3, 2021

फिफा विश्वकप र एसिया कपकाे छनोटका लागि नेपालले आज ताइपेईसँग खेल्दै

काठमाण्डाै । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट खेल अन्तर्गत नेपालले बिहिवार चाइनिज ताइपेईसँग खेल्दैछ ।

खेल कुवेतको कुवेत सिटीमा राति पौने १० बजे हुनेछ । चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले हराएको छ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेईविरुद्ध नेपालको लक्ष्य जित भएको बताए। छनोटको चौथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्ने उनको भनाइ छ ।

तर कुवेतमा गर्मी धेरै भएकाले खेल खेल्न भने कठिन हुने उनले बताए। नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपालभन्दा पछि रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन । नेपालले आउँदो २४ गते जोर्डनसँग र अस्ट्रेलियासँग २८ गते खेल्ने छ ।

प्रतिक्रिया