Pura Samachar

फेसबुकले हटायो ट्रम्पको चुनावी विज्ञापन !

प्रकाशित: June 19, 2020

फेसबुकले हटायो ट्रम्पको चुनावी विज्ञापन !

नाजीहरुले प्रयोग गर्ने संकेतलाई चुनावी प्रचार सामग्रीमा राखेको फेला पारेपछि फेसुबकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी विज्ञापनलाई हटाएको छ। फेसुबुकका प्रवक्ताका अनुसार सोसल मिडियाको नीति विपरीत सामग्री राखिएकाले त्यसलाई हटाइएको हो।

‘हाम्रो नीतिले निषेधित राजनीतिक समूह वा संगठन तथा घृणा फैलाउने समूहको संकेत प्रयोग गर्न निषेध गर्छ,’ फेसबुकले जनाएको छ।

ट्रम्पको एउटा चुनावी प्रचारको सामग्रीमा त्रिकोण चिन्हको प्रयोग गरिएको थियो जसलाई नाजीहरुको समूहले प्रयोगमा ल्याएको थियो। नाजीको यातना शिविरमा रहेका मानिसहरुलाई चिन्नका लागि यस्तो त्रिकोणात्मक चिन्हको प्रयोग हुने गरेको थियो। त्यसैका आधारमा उजुरी परेपछि ट्रम्पको चुनावी प्रचारलाई फेसबुकले हटाएको हो।

यता ट्रम्पका चुनावी प्रचारका प्रवक्ता टिम मुर्टगले यस्ता सिम्बोल प्रयोग भएका वस्तुहरु अनलाइन किनबेच भइरहेको र फासीवादविरुद्ध सामान्य रुपमा यसको प्रयोग हुँदै आएको दावी गरेका छन्। उनले फेसबुकले ट्रम्पको चुनावी प्रचार सामग्रीमा मात्र फेसबुकले किन निषेध गरेको हो जिज्ञासा बढेको बताएका छन्।

एन्टी डेफामिसन लिगका प्रमुख कार्यकारी अधिकृत जोनाथन ग्रिनब्लेटले इतिहासमा नाजीले प्रयोग गरेको विषयमात्र होइन यो। ‘यो संकेत आधुनिक अतिवादीले पनि व्यापक रुपमा प्रयोग गरेको संकेत हो जसलाई श्वेत अमेरिकी अतिवादीले पनि प्रयोगमा ल्याएका छन्,’ उनले भने।

उनले फेसबुकले चुनावी प्रचारको चिन्ह हटाउनु सामान्य भएको बताउँदै बरु ट्रम्पले चुनावी प्रचारमा यसको प्रयोग गरेकोमा माफी माग्नुपर्ने बताए।

प्रतिक्रिया