Pura Samachar
  • पाउडरको गलत नतिजापछि जोन्सन एण्ड जोन्सनलाई जरिवाना

    प्रकाशित: २ हप्ता पहिले

    पाउडरको गलत नतिजापछि जोन्सन एण्ड जोन्सनलाई जरिवाना

    योर्क– अमेरिकाको सुप्रीम कोर्टले जोन्सन एण्ड जोन्सनलाई ठूलो झट्का दिएको छ ।

    कम्पनीले २४ हजार ८०० सय करोड रुपैयाँको जरिवाना ती महिलाहरुलाई दिनु पर्ने भएको छ, जसले जोन्सन एण्ड जोन्सनको बेबी पाउडर र अर्को एउटा पाउडरको प्रयोग गर्नाले उनीहरुको गर्भाशयमा क्यान्सर भएको आरोप लगाएका थिए

    यस बारेमा सन् २०१८ मा सेन्ट लुईस ज्यूरीले २० जना महिलाहरुले दिएको निवेदन एकसाथ सुनवाईपछि आफ्नो निर्णय सुनाएका थिए ।

    तर जोन्सन एण्ड जोन्सनले आफ्नो पक्ष ठीक तरिकाले राख्ने मौका नदिएकोले अमेरिकी सुप्रीम कोर्टको ढोका ढक्ढक्याएको थियो ।

    यद्यपि, सुप्रिम कोर्टले पनि कम्पनीको निवेदनलाई अस्वीकार गरेको छ ।

    जसका कारण अब जोन्सन एण्ड जोन्सनले जरिवानाको रुपमा २४ हजार ८ ०० सय करोड रुपैयाँ ती महिलाहरुलाई तिर्नु पर्ने भएको छ ।

    प्रतिक्रिया