Pura Samachar

यूरो कप २०२० मैत्रीपूर्ण खेल : बेल्जियम १-१ ग्रीस

प्रकाशित: June 5, 2021

यूरो कप २०२० मैत्रीपूर्ण खेल : बेल्जियम १-१ ग्रीस

काठमाडौं– यूरो कप–२०२० को तयारीका लागि विभिन्न टोलीहरुले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिरहेका छन् ।

यूरो कप-२०२०, ११ जुनदेखि ११ जुलाईसम्म यूरोपका ११ शहरमा आयोजना हुँदैछ ।

यसेबीच, पछिल्लो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले ग्रीससँग बराबरी खेलेको छ ।

यूरो कप फुटबलको तयारीका लागि दुबै टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

बिहीबार राति भएको खेलमा बेल्जियमले ग्रीससँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको २० औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६६ औं मिनेटमा जर्ज तजावेलासले गोल गर्दै ग्रीसलाई हारबाट जोगाए ।

प्रतिक्रिया