Pura Samachar

भारतमा दुई महिनामा सबैभन्दा कम संक्रमित

प्रकाशित: June 6, 2021

भारतमा दुई महिनामा सबैभन्दा कम संक्रमित

नयाँ दिल्ली– भारतमा कोरोना संक्रमणको गतिमा कमी आएको केही हप्ता भएको छ ।

अहिले भारतमा पछिल्लो दुई महिनामै सबैभन्दा कम संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितहरु संक्रमणमुक्त हुने भारतको राष्ट्रिय दर अर्थात रिकभरी रेट समेत ९३ प्रतिशत भन्दा बढी छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड बिरामीहरु स्वस्थ्य हुने संख्या पछिल्लो २५ दिनदेखि नै थपिने नयाँ संक्रमितभन्दा बढी छ ।

वल्र्डोमीटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् भने २६ सय भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

एक दिनअघि भारतमा १ लाख २० हजार जनामा संक्रमण पुष्टि भएको थियो भने ३३ सय ८० को निधन
भएको थियो ।

राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा ४ सय १४ जनामा संक्रमण पुष्टि भएको छ भने ६० जना संक्रमितको निधन भएको छ । १६ सय ६३ जना संक्रमणमुक्त भएका छन् । दिल्लीमा अहिले पोजिटिभिटी रेट शून्य दशमलव ५३ प्रतिशत छ भने सक्रिय संक्रमणको संख्या ६ हजार ७ सय ३१ छ ।

प्रतिक्रिया