
काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्याण्डमा हुने भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाएका छन् ।
सन्दीप वोर्सेस्टरशायर र्यापिड्सबाट खेल्ने तय भएको थियो ।
कोरोना भाइरसका कारण उडान रोकिनुका साथै भिसामा पनि समस्या आएपछि सन्दीप समयमै बेलायत उड्न नपाएका हुन् ।
उक्त प्रतियोगिता जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका छ ।
सन्दीपले भिसा ढिला आएपछि सामाजिक संजालमा आक्रोश समेत पोखेका छन् ।
सन्दीप उक्त प्रतियोगिताका लागि मे २७ मा जानु पर्ने थियो ।
करिब १५ दिनको क्वारेन्टिनपछि उनले प्रतियोगिता खेल्न पाउने नियम थियो ।
तर, पासपोर्टमा भिसा पहिले नै लागि सकेको भएपनि शनिबारमात्रै पासपोर्ट पाउनुभएका कारण आफूले प्रतियोगिता गुमाउनु परेको सन्दीपको गुनासो छ ।
यसैबीच आयोजकले सन्दीपको स्थानमा न्युजिल्याण्डका लेग स्पिनर इश सोधीलाई प्रतियोगितामा अनुबन्ध गरेको छ ।
भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने सन्दीप इंग्ल्यान्ड जाँदैछन् ।
सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका छ ।
सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने लागेका हुन् ।
प्रतिक्रिया