Pura Samachar

उत्तर कोरिया मामिलामा असफल भएपछि दक्षिण कोरियाली मन्त्रीको राजीनामा

प्रकाशित: June 19, 2020

उत्तर कोरिया मामिलामा असफल भएपछि दक्षिण कोरियाली मन्त्रीको राजीनामा

सिओल। उत्तर कोरियासँग बढिरहेको तनावका बीच दक्षिण कोरियाका उकीकरण मन्त्रीले राजीनामा दिएका छन् । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले खास गरी दुई कोरियाका नागरिकको पुनर्मिलनका साथै दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने काम गर्छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले शुक्रबार एकीकरण मन्त्री किम येओन चुलको राजीनामा स्वीकृत गरेका छन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनबीच शिखर वार्ता भएपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले किम येओल चुनलाई एकीकरण मन्त्री नियुक्त गरेका थिए । एकीकरण मन्त्रालय दक्षिण कोरिया सरकारको एक कार्यकारी विभाग हो । यसको उद्देश्य कोरियाली पुनर्मिलनलाई बढावा दिनु हो । यो मन्त्रालयको भूमिका अन्तर कोरियाली संवादलाई बढावा दिनुको साथै एक अर्कासँग आदान प्रदान र आपसी सहयोगलाई बढावा दिनु पनि हो ।

प्रतिक्रिया