Pura Samachar

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी ७–१ गोलले विजयी

प्रकाशित: June 8, 2021

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी ७–१ गोलले विजयी

काठमाडौं – जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फराकिलो जित निकालेको छ ।

सोमबार राति जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले हराएको हो ।

जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय गोल गरे ।

यूरो कपको तयारी स्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकाल्यो ।

पहिलो हाफमा जर्मनीले रोविन गोसेन्स, म्यान्चेष्टर सिटीका इल्के गुन्डोगन, मुलर, सर्ज ग्याब्री र एक आत्मघाति गोल उपहार पाएको थियो ।

चेल्सीका फरवार्ड टिमो वार्नर र लिरो सानेले दुई गोल थपेपछि जर्मनीले प्रभावशाली जित निकाल्यो ।

कप्तान म्यानुअल नेउर सय क्याप पुरा गर्ने पहिलो जर्मन गोलकिपर बने ।

युरोकपसंगै प्रशिक्षक जोचिम लेउले टिम छाड्ने घोषणा गरिसकेका छन् ।

गत बुधबार भएको खेलमा जर्मनीले डेनमार्कसंग १–१ गोलको बराबरी खेलेको थियो ।

सोमबारको खेलमा लेउले टिममा चार परिवर्तन गरेका थिए ।

जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससंग खेल्नेछ ।

समूह एफमा रहेको जर्मनीसंगै पोर्चुगल र हंगेरी समेत छन् ।

प्रतिक्रिया