Pura Samachar
  • भारतमा ६८ दिनपछि दैनिक संक्रमित

    प्रकाशित: १ हप्ता पहिले

    भारतमा ६८ दिनपछि दैनिक संक्रमित

    भारतमा कोरोनाभाइरसको संक्रमण दिनदिनै घट्दै गइरहेको छ। अप्रिल र मेमा कोरोनाको दोस्रो लहरले आक्रान्त भएको भारतमा पछिल्लो समय दैनिक संक्रमितसँगै मृत्युदर पनि ओह्रालो लागेको छ।

    ६८ दिनपछि सोमबार भारतमा पहिलो पटक १ लाखभन्दा कम संक्रमित थपिएका हुन्। टाइम्स अफ इन्डियाका अनुसार सोमबार ८६ हजार १ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। यो गत अप्रिल १ यता दैनिक थपिएका संक्रमितहरूमा  सबैभन्दा कम संख्या हो।

    मे ६ मा भारतमा एकैदिन ४ लाख १४ हजार मानिसमा संक्रमण पुष्टि भएको थियो।

    यस्तै सोमबार दैनिक मृत्यु पनि दुई हजारभन्दा मुनि झरेको छ। सोमबार  भारतभरि १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ।

    यो अप्रिल १९पछि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक २ हजारभन्दा माथि थियो।

    प्रतिक्रिया