Pura Samachar

फेरी बढ्यो डलर भाउ

प्रकाशित: June 19, 2020

फेरी बढ्यो डलर भाउ

डलरको मुल्य फेरी बढेर एक सय २२ रुपैयाँ १३ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १३ पैसा निर्धारण गरेको छ।

विशेषगरी अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सस्तो भएको छ । विश्वका शक्तिशाली मुलुकका सेयर बजारहरु पनि तल झरेका छन् । सुरक्षित लगानीका रुपमा लगानीकर्ता सुन र डलरतर्फ आकर्षित भइरहेको अर्थशास्त्रीहरु बताउँछन् । यता, भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो ।

प्रतिक्रिया