Pura Samachar
  • यूरो कप-२०२० आयोजना हुने ११ रंगशालाहरु

    प्रकाशित: १ हप्ता पहिले

    यूरो कप-२०२० आयोजना हुने ११ रंगशालाहरु

    काठमाडौं– यूरो कप २०२० को १६औं संस्करण यो पटक यूरोपको विभिन्न देशका विभिन्न ११ वटा शहरहरुमा आयोजना हुँदैछ ।

    यूरो कप २०२० फुटबल जून ११ अर्थात यही शुक्रवारदेखि जूलाई ११ सम्म आयोजना हुँदैछ ।

    यूईएफएले यूरो कप २०२० लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुखारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सबर्गमा आयोजना गर्ने तयारी गरेको छ ।

    इटालीको रोमको ओलम्पिक स्टाडियममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् ।

    प्रतियोगिताको फाइनल खेल लण्डन वेम्बली स्टेडियममा हुनेछ ।

    युईएफएले आयोजक विभिन्न राष्ट्रहरुको खेल हुने स्थानहरु सार्वजनिक गरिसकेको छ ।

    यस्ता छन् युरोकप २०२० आयोजना हुने ११ वटा रंगशालाहरु :

    लण्डन (वेम्बली स्टेडियम)

    यो रंगशालामा समुह चरणका तीन खेल, नकआउट चरणका र सेमी–फाईनल तथा फाईनलका खेलहरु हुनेछन् । यो रंगशालाको कुल दर्शक क्षमता ९० हजार रहेको छ ।

    म्युनिख (एलिन्ज एरिना)

    बार्यन म्युनिखमा अवस्थित यस रंगशालाको कुल दर्शक क्षमता ६७ हजार ८ सय १२ रहेको छ । यस रंगशालामा पहिलो चरणको तीन जर्मन राष्ट्रिय टोलीको खेल र क्वार्टर फाईनलको खेल हुनेछ । एलिन्ज एरिनालाई विश्वकै एक उच्च श्रेणीको रंगशाला र बार्यन म्युनिखको शान मानिन्छ।

    रोम (ओलम्पिक स्टाडियम)

    यो रंगशालाको कुल दर्शक क्षमता ७२ हजार ७०० रहेको छ । सन् १९८७ को विश्व एथलेटिक्स प्रतियोगिता र १९९० को विश्वकप यही आयोजना भएको थियो । सन् १९८० को यूरो कपमा जर्मनलाई र १९९० को विश्वकप ताका ईटालीलाई यो रंगशालालाई निकै फलदायी मानिएको थियो । रोमको यस रंगशालामा नकआउट चरणका तीन खेलहरु र क्वार्टर फाईनलको खेल हुनेछ ।

    बाकु (नेसनल स्टेडियम)

    अजरबैजानमा अवस्थित यस रंगशाला सन् २०१५ को मार्चबाट खोलिएको थियो । यो रंगशालाको कूल दर्शक क्षमता ६९ हजार ८ सय ७० रहेको छ । चेल्सीले आर्सनललाई २०१९ को युरोप लिग फाइनल खेल यहीँ जितेको थियो । यूरो २०२० मा यस रंगशालामा समुह चरणका तीन खेलहरु र क्वार्टर फाईनलको खेल हुनेछ ।

    सेन्ट पिटर्सबर्ग (क्रेटोसकी स्टाडियम)

    २०१८ को विश्वकपको लागि बनाईएको यो रंगशालालाई ग्याजप्रोम एरिनाको नामले समेत चिनिन्छ । यो रंगशालाको कुल दर्शक क्षमता ६९ हजार रहेको छ । यसको मर्मत खर्च मात्र ९३० मिलियन यूरो रहेको थियो। यस रंगशालामा समुह चरणका तीन खेलहरु र क्वार्टर फाईनलको खेल हुनेछ ।

    कोपेन्हेगन (पारकेन)

    यो यूरो २०२० आयोजना हुने सबैभन्दा सानो रंगशाला हो । यसको कुल दर्शक क्षमता ३८ हजार ००० रहेको छ । यो ड्यानिस जायन्ट् फुटबल क्लब, कोपेन्हेगनको घरेलु मैदान हो । यो पटक यस रंगशालामा नकआउट चरणका तीन खेलहरु र क्वार्टर फाईनलको खेल हुनेछ ।

    एम्सटेरडेम (जोहन क्रुयफ एरिना)


    यो युरो २०२० आयोजना हुने सबैभन्दा आकर्षक छानो सहितको रंगशाला हो । यसको कुल दर्शक क्षमता ५२ हजार ९ सय ६० रहेको छ । २१ वर्षपछि युरो २०२० को तीन समुह चरणका खेलहरु र राउण्ड अफ १६ को खेल यहाँ हुँदैछ।

    बुखारेस्ट (नेसनल स्टेडियम)

    सन् २००८ यता बनाईएको नयाँ आधुनिक रोमानियन नेसनल स्टेडियम, सन् १९५३ ताका बनाईएको पुरानो नेसनल स्टेडियमसंगै छ । यसको कुल दर्शक क्षमता ५५ हजार ६०० रहेको छ । यूरो २०२० को तीन प्रिलिमिनरी चरणका खेलहरु र राउण्ड अफ १६ को खेल यहाँ हुँदैछ ।

    सेभिल्ले (ओलम्पिक स्टेडियम)

    यो रंगशाला युरो २०२० प्रतियोगिताकै मध्यको एक प्रमुख रंगशाला हो । यसको कुल दर्शक क्षमता ५७ हजार ६१९ रहेको छ । कोरोना जोखिम कमका कारण पनि युईएफएले यो रंगशाला छनोट गरेको हुनसक्छ।

    बुडापेस्ट (फेरेंक पुस्कस स्टेडियम)


    यस रंगशालाको नामकरण एक उत्कृष्ट हंगेरियन फुटबल खेलाडीको नामबाट छ। यही रंगशालामा प्राय जसो हंगेरियन राष्ट्रिय फुटबल टोलीहरु अभ्यास गर्ने गर्छन् । कहिलेकाहीं यो च्याम्पियन्स लिगको बैकल्पिक रंगशालामा पर्छ । यूरो २०२० को तीन समुह चरणका खेलहरु र एक राउण्ड अफ १६ को खेल यहाँ हुँदैछ।

    ग्लास्गो (हंपडेन पार्क)


    लगभग ५२ हजार ५०० कुल दर्शक क्षमता रहेको यस रंगशाला सन् १९५० मा खोलिएको रियो दि जेनिरोको मरकानापछिको ठुलो रंगशाला हो । हंपडेन पार्क स्कटिस फुटबल टिमको घरेलु मैदान जस्तै हो। युरो २०२० को तीन समुह चरणका खेलहरु र एक राउण्ड अफ १६ को खेल यहाँ हुँदैछ।

    प्रतिक्रिया