Pura Samachar
  • बढ्यो नेपाली क्रिकेटरको भत्ता

    प्रकाशित: ७ दिन पहिले

    बढ्यो नेपाली क्रिकेटरको भत्ता

    काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ ।

    क्यान कार्यसमितिको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।

    दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो ।

    कार्यविधिमा नेपाली क्रिकेट खेलाडीको खेल भत्ता बढाइएको छ ।

    नेपाली क्रिकेट खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार रुपैयाँ भत्ता पाउने छन् ।

    यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा पाँच हजार रुपैयाँ भत्ता पाइन्थ्यो ।

    यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको पाँच हजार र टी २० प्रतियोगितामा तीन हजार रुपैयाँ पाउने छन् ।

    खेलाडीले बन्द प्रशिक्षणमा दैनिक पाँच सय रुपैयाँ भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ ।

    घरेलु प्रतियोगिता हुँदा खेलाडीले पाँच सय रुपैयाँ भत्ता पाउने क्यानले जनाएको छ ।

    क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो ।

    समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहनुभएको थियो ।

    प्रतिक्रिया