
युरोकप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
इटालीको जितमा किरो इम्मोबाइल र लोरेन्जो इनसाइनले एक एक गोल गरेका थिए भने टर्कीका मरिह डेमिरलले एक गोल आत्मघाती गोल गरेका थिए ।
खेलको पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिए पनि इटालीले दोस्रो हाफमा शानदार खेल खेल्दै तीन गोल गरेको थियो ।
युरोकप अन्तर्गत आज तीन खेल हुदै छन् । नेपाली समय अनुसार पहिलो खेल वेल्स र स्वीट्जरल्याण्डबीच ६:४५ बजे शुरु हुने छ भने दोस्रो खेल डेनमार्क र फिनल्याण्डबीच ९:४५ बजे शुरु हुने छ । त्यस्तै तेस्रो खेल बेल्जियम र रसियाबीच राति १२:४५ बजे शुरु हुने छ ।
प्रतिक्रिया