Pura Samachar

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९० हजार नाघ्यो !

प्रकाशित: June 22, 2020

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९० हजार नाघ्यो !

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ | आइतबार सुनको मूल्य प्रतितोला ९० हजार ६ सय पुगेको छ |

यस्तै तेजावी सुन प्रतितोला ९० हजार १६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च हो |

गत शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको भाउ भने ९४० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा वृद्धि भएको हो ।

प्रतिक्रिया