
युरोकप अन्तर्गत स्थगित भएको डेनमार्क र फीनल्याण्डबीचको खेल गएराती नै सम्पन्न गरिएको छ ।
डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सन मैदानमै ढलेपछि स्थगित गरिएको खेल दुवै टिमका खेलाडीको सहमतिमा पुरा गरिएको हो । खेल फिनल्याण्डले १-० ले जितेको छ । फिनल्याण्डका लागि खेलको ५९औ मिनेटमा जोएल पोहजानपालोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यसैबीच इसिक्सनको स्वास्थ्यमा सुधार आएको डेनमार्क फुटबल संघले जानकारी दिएको छ । उनको उपचार जारी रहेपनि उनी बोल्नसक्ने अवस्थामा रहेको संघले जानकारी गराएको छ । उनले परिवार र टिमका सदस्यहरुसँग कुराकानी गरेको बताइएको छ ।
फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको अन्त्य तिर मैदानमा ढलेका इरिक्सनको तत्काल मैदानमा गरिएको प्राथमिक उपचार र चिकित्सकको थप उपचारपछि अस्पताल लागिएको थियो ।
प्रतिक्रिया