
एजेन्सी– यूरो कप २०२० को आइतबार राति सम्पन्न खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई पराजित गरेको छ ।
रोमाञ्चक खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ ले पराजित गर्न सफल भएको छ ।
समूह सी अन्तर्गत आम्स्टरड्याममा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
दोस्रो हाफको ५२ औं मिनेटमा भने कप्तान वाइनाल्डमले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यसको सात मिनेटमै घरेलु टोलीले अग्रता दोब्बर पार्यो ।
वोट वेघर्स्टले पेनाल्टी क्षेत्रभित्र क्लिअर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए ।
७५ औं मिनेटमा युक्रेनले गोल गर्दै खेलमा फर्कियो ।
रोमन यारेम्चुकको पासमा कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काए ।
त्यसको ४ मिनट नबित्दै यारेम्चुकले गोल गर्दै खेल २९२ को बराबरीमा ल्याए ।
खेल सकिन ५ मिनेट बाँकी रहँदा नेदरल्यान्ड्सले पुन: अग्रता लियो ।
डेन्जेल डमफ्रिजले हेडरमार्फत गोल गर्दै टोलीलाई फेरी अघि बढाएका थिए ।
नेदरल्याण्ड्सले यूरो कपको मूह चरणको खेलमा एक भन्दा बढी गोल गरेको यो दोस्रो अवसर हो ।
यो जीतसँगै नेदरल्याण्ड्स ले समूह सी मा ३ अंक जोडेको छ ।
उता, अष्ट्रियाले आइतबार भएको पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले पराजित गरेको छ ।
खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए ।
त्यसको १० मिनेटपछि नै म्यासेडोनियाले बराबरी गोल फर्कायो ।
कप्तान गोरान पान्डेभले पेनाल्टी क्षेत्र भित्र गोलरक्षकले बचाउन नसकेको बललाई सहजै गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफको ७८ औं मिनेटमा ग्रेगोरीचको गोलमा अष्ट्रिया पुन अग्रता लिन सफल भयो ।
८९ औं मिनेटमा अर्नाउटोभिचले गोल गर्दै अष्ट्रियाको जित निश्चित गरे ।
प्रतिक्रिया