
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम आइतबार राति स्वदेश आइपुगेको छ ।
फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम तीन खेल्न कुवेत पुगेको नेपाली टिम स्वदेश फर्किएको हो ।
नेपाली टिमले कुवेतमा विश्वकप छनोट खेल्नुअघि एसियाको पूर्व विजेता इराकसँग मैत्रीपूर्ण खेल खेलको थियो ।
इराकसँगको मैत्रीपूर्ण खेलमा ५-२ गोलले पराजित भएको नेपालले छनोटमा तीन मध्ये एक खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो ।
विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो ।
नेपाल जोर्डनसँग ३-० र अस्ट्रेलियासँग पनि समान ३-० ले पराजित भएको थियो ।
समूह बीमा ६ अंक जोडेर चौथो बनेको नेपाल एएफसी एसियन कपको तेस्रो चरणमा सिधा पुग्न असफल भएको थियो ।
अब नेपालले एसियन कपको तेस्रो चरणमा प्रतिस्पर्धा गर्न प्लेअफ खेल्नु पर्नेछ।
प्लेअफ आगामी सेप्टेम्बरमा हुनेछ।
प्रतिक्रिया