Pura Samachar

स्वदेशका लागि खोप माग्दै नेपाली

प्रकाशित: June 16, 2021

स्वदेशका लागि खोप माग्दै नेपाली

लण्डन– बेलायतको राजधानी लण्डनमा बसोबास गर्ने नेपाली तथा उक्त देशका लागि आफ्नो ज्यानको बाजी लगाउने नेपाली गोर्खाहरुले संयुक्त रुपमा लण्डन शहरमा एउटा नौलो शैलीको प्रदर्शन गरेका छन् ।
उनीहरुले मंगलबार लण्डन शहरमा बेलायती सरकारसमक्ष नेपालमा अति आवश्यक कोभिडविरुद्धको भ्यक्सिन र अन्य आवश्यक औषधि सामग्रीहरु यथासक्दो नेपालमा सहयोग गरिदिन दवावामूलक र्याली निकालेका हुन् ।

उनीहरुको मुख्य नारा नै ‘हामीले तिम्रा लागि लडाइँ गर्‍यो, अब तिमीहरुको पालो यस्तो विषम परिस्थितिमा नेपालीलाई सहयोग गर्ने’ भन्ने थियो ।

यसका साथै बेलायती सरकारलाई जति सक्दो अन्य दवाव मुलक कार्यक्रम गर्दै जाने कुरा बेलायतमा आफ्नो व्यवसाय गर्दै आइरहेका समाजसेवीका साथै नेवा गुठी लण्डनकाका अध्यक्ष ओजेस लाल सिंहले जानकारी दिनु भभएको छ ।

प्रतिक्रिया