Pura Samachar

आज ३ खेल हुने, कुन टिम को सँग भिड्दै ?

प्रकाशित: June 17, 2021

आज ३ खेल हुने, कुन टिम को सँग भिड्दै ?

१६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछन् । युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ का दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।

आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेको दुई टोलीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आज युक्रेन पहिलो जीत निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । नर्थ म्यासेडोनिया पनि पहिलो जीतको खोजीमा हुनेछ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ ।

आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको बेल्जियम र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । बेल्जियम आज लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ।

डेनमार्क भने पहिलो जीत निकाल्न चाहन्छ । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो। पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ ।

आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स लगातार दोस्रो जीत निकाल्ने योजनामा रहेको छ । समूहको शीर्षस्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । अष्ट्रिया पनि लगातार दोस्रो जीत निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो।

प्रतिक्रिया