Pura Samachar

बराबरीमा रोकियो क्रोएसिया

प्रकाशित: June 19, 2021
पूरा समाचार

बराबरीमा रोकियो क्रोएसिया

युरोकप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ ।  बराबरीसँगै क्रोएसियाको अबको यात्रा कठीन बनेको छ । स्कटल्याण्डमा भएको खेलमा चेकका प्याट्रिक सिकले पेनाल्टीमार्फत टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन । क्रोएसियाका लागि इभानले ४७ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि गोलले दिशा लिन सकेन ।
खेलमा ११ सुट गरेकोमा २ वटा टार्गेट सुट थियो भने चेकले पनि ११ वटै सुट गर्दा एउटा टार्गेट थियो ।

बल पोजिसनको कुरा गर्ने हो भने ४८ प्रतिशत क्रोएसिया र ५२ प्रतिशत चेकको पकड रहेको थियो । खेलमा कुल ४ वटा एल्लो कार्डको प्रयोग भएको थियो ।  समूह डी मा रहेको क्रोएसिया यसअघि इङ्ल्याण्डसँग १–० ले पराजित भएको थियो भने चेक रिपब्लिकले स्कटल्याण्डलई २–० ले हराएको थियो ।

प्रतिक्रिया