Pura Samachar

अर्जेन्टिना उक्लियो शीर्ष स्थानमा

प्रकाशित: June 19, 2021

अर्जेन्टिना उक्लियो शीर्ष स्थानमा

कोपा अमेरिकामा शनिबार अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हराएको छ । गुइडो रोडरिग्वेजको एक मात्र गोलको मद्दत ले अर्जेन्टिनाले समूह ‘ए’ को आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हराउन सफल भएको हो ।


लियोनल मेसीले सिर्जना गरेको अवसरमा रोडरिग्वेजले १३ औं मिनेटमा गोल गरे । एक खेलमा जित र एकमा बराबरीमा रहेको अर्जेन्टिना चार अंकसहित शीर्ष अंकमा छ ।

यसअघि चिलीले बोलिभियालाई १–० ले हराएको थियो । त्यसमा बेन बेरेटनले १० औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो । यो जितपछि चिलीको पनि दुई खेलबाट चार अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।

यस्तै, पाराग्वे तीन अंकमा तेस्रो स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा पराजित भएको उरुग्वे भने अंकविहीन स्थितिमा रहेको छ ।

प्रतिक्रिया