
नयाँ दिल्ली– भारतमा दोस्रो लहरको कोरोना संक्रमणले विध्वंश मच्चायो ।
तिब्र गतिमा संक्रमित तथा मृतकको संख्या बढ्यो ।
अहिले पनि दोस्रो लहर पूर्ण रुपमा समाप्त भएको छैन ।
यसैबीच, केही विशेषज्ञहरुले भारतमा तेस्रो लहरको चेतावनी दिएका छन् ।
उनीहरुका अनुसार तीन महिनापछि भारतमा तेस्रो लहरको आगमन हुन सक्छ ।
यद्यपि, भारत सरकारले कोरोनाको तेस्रो लहरका लागि निकै सतर्कता अपनाएको तथा त्यसलाई रोक्नका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको जनाएको छ ।
त्यसो त दिल्ली हाई कोर्टले समेत भारतको केन्द्र सरकार तथा दिल्ली सरकारलाई नोटिस पठाएर भारत तेस्रो लहरबाट टाढा नभएको सूचित गरिसकेको छ ।
स्वास्थ्य विशेषज्ञको एउटा सर्वेक्षणबाट के पत्ता लागेको छ भने आगामी अक्टोबर महिनासम्ममा भारतमा कोरोना संक्रमणको तेस्रो लहर आउने आशंका छ ।
यद्यपि, उक्त महामारीलाई सजिलै नियन्त्रण गर्न सकिने बताइन्छ ।
यो महामारीले अझै एक वर्ष जनस्वास्थ्यको क्षेत्रमा डरलाग्दो अवस्था कायम रहने बताइएको छ ।
विश्वभरीका ४० स्वास्थ्य विशेषज्ञ, डाक्टरहरु, वैज्ञानिकहरु, भाइरोलोजिस्टहरु, महामारी विशेषज्ञहरु तथा प्रोफेसरहरुले ३ देखि १७ जुलाईसम्म गरिएको स्न्याप सर्वेबाट के कुरा पत्ता लागेको छ भने यो नयाँ प्रकोपलाई केही कम गर्नका लागि खोप अभियानले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
प्रतिक्रिया