Pura Samachar

भेनेजुएला र इक्वेडर बराबरीमा

प्रकाशित: June 21, 2021

भेनेजुएला र इक्वेडर बराबरीमा

कोपा अमेरिका अन्तर्गत भेनेजुएला र इक्वेडर बराबरीमा रोकिएका छन् ।



सोमबार बिहान सम्पन्न खेलमा भेनेजुएला र इक्वेडर २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

भेनेजुएलाले खेलको ९१औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो । भेनेजुएलाका लागि एडसन कास्टिलो र रोनाल्ड हेर्नानडेजले एक एक गोल गरेका थिए । त्यस्तै इक्वेडरका लागि एयीरटन प्रेसियाड़ो र गोन्जालो प्लाटाले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि भेनेजुएलाको ३ खेलमा २ अंक भएको छ र समुह ए मा तेस्रो स्थानमा रहेको छ । त्यस्तै इक्वेडरको २ खेलमा एक अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया