
पेरुले कोलम्बियालाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा पेरुले कोलम्बियामाथि २-१ गोलअन्तरले हराएको हो।
खेलको १७ औं मिनेटमा खेलमा अग्रता बनाएको पेरु पहिलो हाफमा १ गोलले अघि रहेको थियो। उता कोलम्बियाका मिगुएल बोर्जाले खेलको ५३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याए। तर ६४ औं मिनेटमा कोलम्बियाका येरी मिना आत्मघाती गोल गर्न पुग्दा खेल पेरुले २-१ ले आफ्नो पक्षमा पार्न सफल भयो।
आजको खेलसँगै पेरु तीन अंक जोड्दै समूह ए को तेस्रो स्थानमा उक्लिएको छ। समूह ए मा ब्राजिल ६ अंक जोडेर शीर्षस्थानमा छ भने कोलम्बिया ४ अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै बराबरीमा रोकिएका भेनेजुएला र इक्वेडर क्रमश २ र १ अंक सहित तालिकाको चौथो र पाँचौं स्थानमा छन्।
प्रतिक्रिया