Pura Samachar

विश्वकप हेर्न जानेले खोप लगाएकै हुनुपर्ने

प्रकाशित: June 21, 2021

विश्वकप हेर्न जानेले खोप लगाएकै हुनुपर्ने

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ।

समाचार संस्था एपीका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानीले  दर्शकहरू लगाउन कतारले १० लाख डोज भ्याक्सिन किन्न प्रयास गरिरहेको बताएका छन्।

कतारले किन्न लागेको १० लाख डोज खोप फुटबल अधिकारी र खेलाडीलाई दिइने हो कि दर्शकलाई भन्नेबारे उनले खुलाएनन्।

‘विश्वकप २०२२ सुरू हुन्जेलसम्म धेरै देशले आफ्ना नागरिकलाई खोप लगाइसक्ने छन्,’ प्रधानमन्त्री शेख खालिदले भने,‘केही मुलुकले आफ्ना नागरिकलाई खोप लगाउन सकेनन् भने पूर्ण खोप नलगाएकालाई रंगशालामा प्रवेश दिइने छैन।’

कतारमा अहिलेसम्म २ लाख २० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने ५८५ जनाले ज्यान गुमाएका छन्

प्रतिक्रिया