Pura Samachar

नेदरल्यान्ड्ससँगै अस्ट्रिया समुह सी बाट नकआउट चरणमा

प्रकाशित: June 22, 2021

नेदरल्यान्ड्ससँगै अस्ट्रिया समुह सी बाट नकआउट चरणमा

युरोकप अन्तर्गत समुह सी बाट नेदरल्यान्ड्स र अस्ट्रिया नकआउट चरणमा प्रवेश गरेका छन् ।


गएराती सम्पन्न समुह सि का समुह चरणका अन्तिम खेलपछि नेदरल्यान्ड्स तिनै जितसहित ९ अंक बटुल्दै समुहमा पहिलो भएर नक आउट चरणमा प्रवेश गरेको छ भने अस्ट्रिया ३ खेलमा ६ अंक बटुल्दै समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको हो ।

गएराती भएको खेलमा नेदरल्यान्ड्सले नर्थ मेसेडोनियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । नेदरल्याण्डसको जितमा जर्जिनियो विजनाल्डमले दुई गोल गरे भने मेम्फिस डिपेले एक गोल गरेका थिए ।

त्यस्तै गएराती नै सम्पन्न समुह सी को अर्को खेलमा अस्ट्रियाले युक्रेनलाई १-० गोल अन्तरले पराजित गरेको थियो । अस्ट्रियाको जितमा क्रिस्टोफ बउममार्टनरले खेलको २१औ मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

यस समुहबाट नेदरल्यान्ड्स र अस्ट्रिया नक आउट चरणमा पुगेपछि युक्रेन भने ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । अब अस्ट्रियाले नकआउट चरणमा इटालीको सामना गर्नुपर्ने छ ।

युक्रेनको युरोकपको नकआउट चरणको सम्भावना अझै कायम रहेको छ । जुन समुह चरणका खेल सकिएपछि समुहमा तेस्रो हुने ६ टिम मध्ये उत्कृष्ट चारमा परेमा नकआउट चरणमा जाने छ । त्यस्तै यस समुहबाट नर्थ मेसेडोनिया भने तिनै खेलमा हार बेहोर्दै बाहिरिएको छ ।

प्रतिक्रिया