
जेन्सी – यूरो कप २०२० को सोमबार राति खेलिएका समूह बी का दुई खेलबाट बेल्जियम समूह विजेता बनेको छ भने डेनमार्क उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।
बेल्जियमले तेस्रो खेलमा पनि अपराजित रँदै फिनल्यान्डलाई २–० ले पराजित गर्यो भने डेनमार्कले रसियालाई ४–१ ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्यो ।
डेनमार्क गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।
यो समहूमा फिनल्यान्ड ३ अंकसहित तेस्रो स्थानमा छ भने रसिया प्रतियोगिताबाट बाहिरिएको छ ।
बेल्जियमले दोस्रो हाफमा फिनल्यान्डविरुद्ध दुबै गोल गरेको हो ।
८१ औं मिनेटमा रोमेलु लुकाकुले दोस्रो गोल गर्दै बेल्जियमको जीत सुनिश्चित गरेका हुन् ।
अर्को खेलमा पहिलो हाफमा डेनमार्कका मिकेल डाम्सगार्डले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ५९ औं मिनेटमा युसुफ पौलसेनले दोस्रो गोल गर्दै डेनमार्कको जीत सुनिश्चित पारे ।
७० औं मिनेटमा रसियाले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने अवसर पाएको थियो,तर ७९ औं मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनले डेनमार्कको तर्फबाट तेस्रो गोल गर्दै आफ्नो टोलीको स्कोरलाई ३–१ स्थितिमा पुऱ्याए ।
८२ औं मिनेटमा जोआकिम माहलेले डेनमार्कका लागि गोल ४–१ को जीत निकाले ।
अन्तिम १६ मा डेनमार्कले वेल्सको सामना गर्नेछ ।
प्रतिक्रिया