Pura Samachar

८० लाखलाई कोरोनाको खोप

प्रकाशित: June 22, 2021

८० लाखलाई कोरोनाको खोप

काठमाडौं । भारतमा एकैदिनमा ८० लाख ब्यक्तिलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको भारतिय अधिकारीहरुले दावी गरेका छन् ।

कोरोना विरुद्धको खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाख ब्यक्तिलाई खोप लगाएको हो । “एकैदिनमा सवैभन्दा धेरै खोप लगाएको कृतिमान अहिले भारतले बनाएको छ, कोरोनाभाइरस विरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,” प्रधानमन्त्री नरेन्द्र मोदीले भने।

सामाजिक सञ्जाल ट्वीटरमा उनले अगाडि लेखेका छन, “खोप अभियानमा सक्रिय योगदान गर्नुुभएका सवैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनु भएका सवैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।” देशका प्रदेश तथा राज्यहरुमा एकैचोटी अहिले कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । त्यसैलेपनि एकैदिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन् ।

हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ । १८ बर्षमा सवैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो । यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया