Pura Samachar

ङल्याण्ड र क्रोसिया आआफ्ना खेलमा विजयी भए

प्रकाशित: June 23, 2021

ङल्याण्ड र क्रोसिया आआफ्ना खेलमा विजयी भए

युरोकप अन्तर्गत समुह डी बाट इङल्याण्ड र क्रोसिया नकआउट चरणमा प्रवेश गरेका छन् । गएराती सम्पन्न समुह चरणका अन्तिम खेलमा इङल्याण्ड र क्रोसिया आआफ्ना खेलमा विजयी भएपछि समुहमा पहिलो र दोस्रो हुदै नकआउट चरणमा पुगेका हुन् ।


खेलमा इङल्याण्डले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको थियो । इङल्याण्डको जितमा खेलको १२औ मिनेटमा रहिम स्टरलिङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि इङल्याण्ड ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक बटुल्दै समुहमा पहिलो भएर नकआउट चरणमा पुगेको छ । त्यस्तै यसै समुहको अर्को खेलमा क्रोसियाले स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

क्रोसियाको जितमा निकोला भ्लासिक, लुका मोड्रीच र इभान पेरिसिकले एक एक गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि कलुम म्याकग्रेगरले एक गोल फर्काएका थिए । यो जितपछि क्रोसिया एक जित, एक बराबरी र एक हारसहित ४ अंक बटुल्दै समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको हो ।

त्यस्तै समुह डी बाट ३ खेलमा ४ अंक रहेको चेक रिपब्लिक पनि नक आउट चरणमा पुग्ने निश्चित रहेको छ । चेक अहिले तेस्रो स्थानमा रहेका ६ टिम मध्ये शिर्ष स्थानमा रहेको छ । त्यस्तै यस समुहबाट स्कटल्याण्ड ३ खेलमा एक बराबरी र २ हारसहित केवल एक अंक बटुलेर चौथो हुदै बाहिरिएको छ ।

प्रतिक्रिया