Pura Samachar

सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग

प्रकाशित: June 23, 2021

सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग

काठमाडौं– कोभिड–१९ को नियन्त्रणको क्रममा विगत २०७८ वैशाख १६ गतेदेखि लकडाउन घोषणा गरिए पश्चात व्यापार, व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको छ ।

२०७८ असार ८ गतेदेखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिका अनुरुप सुन, चाँदी गहना आदि आभुषण क्षेत्र पनि चालू भएको छ ।

यसैबीच, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले दैनिक ३० केजी सुन विक्री वितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ ।

महासंघले गहना व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनस् सुचारु गर्नु पर्ने हुँदा त्यसको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० केजी सुन विक्री वितरण हुँदै आएकोमा लामो समयपश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाडपर्वहरुको समय पनि आउने भएकोले विगतमा विक्री–वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० केजी सुन विक्री वितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया