Pura Samachar

खानले पाकिस्तानको ब्याटिङ प्रशिक्षकबाट दिए राजीनामा

प्रकाशित: June 23, 2021

खानले पाकिस्तानको ब्याटिङ प्रशिक्षकबाट दिए राजीनामा

एजेन्सी। पाकिस्तानका पूर्वकप्तान युनिस खानले राष्ट्रिय टिमको ब्याटिङ प्रशिक्षकबाट राजीनामा दिएका छन्। पाकिस्तानले इग्ल्याण्ड भ्रमण गर्नुअघि खानले पदबाट राजीनामा दिएका हुन्। तथापि पाकिस्तान क्रिकेट बोर्डले कारण भने खुलाएको छैन। खान गत नोभेम्बरमा दुई वर्षका लागि प्रशिक्षकमा नियुक्त भएका थिए। पाकिस्तानले इंग्ल्याण्डविरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ। त्यसका लागि शुक्रबार इंग्ल्यान्ड प्रस्थान गर्नेछ।

प्रतिक्रिया