Pura Samachar

जनताको प्रतिनिधिलाई सरकार बनाउनबाट कसैले रोक्न सक्दैन’

प्रकाशित: June 23, 2021

जनताको प्रतिनिधिलाई सरकार बनाउनबाट कसैले रोक्न सक्दैन’

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा जनताको प्रतिनिधिलाई सरकार बनाउन कसैले पनि रोक्न नमिल्नेबारे छ बहस चलेको छ ।

आज प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउनबाट कसैले पनि नरोक्ने जिकिर गरे ।

त्यसैगरी उनले विश्वासको मतको आधार फ्लोर टेष्ट भएको समेत बताए ।

वरिष्ठ अधिवक्ता थापाले बहस गर्दै भने- “विश्वासको मतको आधार फ्लोर टेष्ट हो । १४९ सांसदको दाबी पेश गरेपछि तपार्ई को हो ? हु आर यू ? के त्यहाँ कोही एमाले र कोही माओवादी सांसदले भोट हाल्न नसक्ने छन् र ? जनताको प्रतिनिधिलाई तपाईले सरकार बनाउनबाट रोक्न मिल्छ ?”

वरिष्ठ अधिवक्ता थापाले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि भन्दै गएका १४९ सांसदको दाबी नपुगेको भन्ने राष्ट्रपतिको भनाइप्रति इंगित गरेका हुन् ।

त्यस्तै उनले आफूले विश्वासको मत पाउन सक्दिन भन्ने थाहा भएपछि राजीनामा नदिनु चाँही राजनीतिक प्रश्न भएको जिकिर गरे ।

“म विश्वासको मत प्राप्त गर्न सक्दिन भनेर राजीनामा नदिनुचाँही राजनीतिक प्रश्न हो । विश्वासको मत नपाएपछि संविधान बमोजिम पदमुक्त हुनुपर्दैन ? केपी ओली जी जसरी विश्वासको मतबाट बाहिरिनु भयो उहाँलाई अब ७६ (५) बमोजिम प्रधानमन्त्री दाबी गर्ने अधिकार छैन ।”

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा आजबाट बहस शुरु भएको छ । आज थापासहित ५ जना वरिष्ठ अधिवक्ताहरुले बहस गरेका छन् ।

प्रतिक्रिया