Pura Samachar

नेपाल पक्षले दर्ता गर्‍यो नयाँ पार्टी

प्रकाशित: June 23, 2021

नेपाल पक्षले दर्ता गर्‍यो नयाँ पार्टी

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका युवानेताहरुले दर्ता गरेको नयाँ दलले निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको छ।

वरिष्ठ नेता नेपाल निकट युवानेता जीवन राईले निर्वाचन आयोगमा गत बैशाख ७ गते दर्ता गराएको नेकपा (एकीकृत) नामको दलले बुधवार मान्यता पाएको हो।दलको मान्यता पाए लगत्तै अध्यक्ष राईले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्।

राई एमालेनिकट अनेरास्ववियुका पूर्वनेता हुन्। आयोगको जेठ ३० गतेको बैठकको निर्णयअनुसार बुधबार चुनाव चिह्न कलम हुने गरी प्रमाणपत्र दिइएको बताइएको छ। दल दर्ताको प्रमाणपत्र पाएपछि अध्यक्ष राईले पार्टीको भविष्य उज्वल रहेको बताए।

प्रमाणपत्र प्राप्त गरेसँगै उनी आधिकारिक रूपमा सो पार्टीका अध्यक्ष बनेका छन्। पार्टीका नेताहरुसँग कुरा गरेर कम्युनिस्टहरूलाई एकीकरण गर्दै लैजानका लागि नेकपा (एकीकृत) पार्टी दर्ता गरिएको अध्यक्ष राईले बताए। हाल २५ सदस्यीय कार्यसमिति रहेको नेकपा (एकीकृत) पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन्

प्रतिक्रिया