Pura Samachar

न्युजिल्यान्ड बन्यो च्याम्पियन

प्रकाशित: June 24, 2021

न्युजिल्यान्ड बन्यो च्याम्पियन

न्सी। कप्तान केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराउँदै आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दुई दिन वर्षाले प्रभावित भएपछि छैटौं दिन खेलाइएको थियो। ६४/२ को स्थितिबाट छैटौं दिन थालेको भारतले दोस्रो इनिङमा १७० रन जोड्दा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पायो। जुन दुई विकेट गुमाएर पुरा गर्यो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो।

प्रतिक्रिया