Pura Samachar

पोल्यान्ड बाहिरियो, स्विडेन समूह विजेता

प्रकाशित: June 24, 2021

पोल्यान्ड बाहिरियो, स्विडेन समूह विजेता

एजेन्सी। फिफा ‘प्लेयर अफ दी इयर’ अवार्ड विजेता रोबर्ट लेवनडोवस्कीको पोल्यान्ड युरो-२०२० को समूह चरणबाटै बाहिरिएको छ। नकआउट चरणमा पुग्न जित्नै पर्ने अवस्थामा रहेको पोल्यान्ड स्विडेनसँग ३-२ ले पराजित भयो। स्विडेनका लागि इमिल फोर्सबर्गले दुई र भिक्टोर क्लासनले एक गोल गरे। पोल्यान्डको दुबै गोल लेवनडोवस्कीले गरे। जितसँगै स्विडेन समूह विजेता बन्दै अन्तिम-१६ मा स्थान बनाउँदा प्रतियोगितामा पोल्यान्डका यात्रा टुंगियो।        स्लोभाकियाविरुद्ध ५-० को शानदार विजय हासिल गरेको स्पेनले समुह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थानमा बनाएको छ।     विपक्षी गोलकिपर मार्टिन डुब्राभ्का र जुराज कुकाको आत्मघाती गोल उपहार पाएको स्पेनका लागि फर्रान टोरेस, पाब्लो सराबिया र एमेरिक लापोर्टेले गोल गरे। जितसँगै पाँच अंक जोडेको स्पेन उपविजेता बन्यो। पोल्यान्डलाई ३-२ ले हराएको स्विडेन समूह विजेता बन्यो।

प्रतिक्रिया