
एजेन्सी – कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई हराएको छ ।
अपराजित रहेको ब्राजिलले कोलम्बियालाई २–१ गोलले हराएको हो ।
उसका लागि रोवर्टो फिर्मिनो र क्यासेमिरोले गोल गरे ।
कोलम्बियाका लुइस ड्यासले १० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि जोगाउन सकेन ।
रेफ्रीको खुट्टामा लागेको बल पास गरेर गोल गरेको भन्दै ब्राजिलले गरेको पहिलो गोल विवादमा परेको थियो र केहीबेर खेल रोकिएको थियो ।
यसअघि नै अघिल्लो चरणमा पुगेको ब्राजिलको नौ अंक रहेको छ भने कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।
कोपा अमेरिकामा आजै बिहान भएको खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया