Pura Samachar

नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय सिरिज स्थगित

प्रकाशित: June 24, 2021

नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौं: स्पेनमा जुलाई महिनामा हुने भनिएको सीडब्लूसी लिग २ अन्तर्गतको त्रिदेशीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति निकाल्दै नामिबिया, नेपाल र स्कटल्याण्डबीच हुने भनिएको एकदिवसीय सिरिज स्थगित भएको जनाएको हो।

प्रतियोगिता कोभिड १९ का कारण जुलाई २०२२ सम्मका लागि स्थगित भएको क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रतियोगिताका लागि नेपालले मंगलवारबाट कीर्तिपुरमा प्रशिक्षण सुरु गरेको थियो।

नेपालले यसअघि सीडब्लुसी लिग टू अन्तर्गत अमेरिका र ओमनसँग घरेलु मैदानमा खेलेको थियो। जसमा दुई जित र दुई हार ब्यहोरेको थियो।

प्रतिक्रिया