।
कोपा अमेरिका अन्तर्गत उरुग्वेले पहिलो जित हासिल गरेको छ । शुक्रबार विहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको जितमा एडिनसन कभानीले एक गोल गरेका थिए भने एक गोल बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि उरुग्वे नकआउट चरणमा पुगेको छ । उरुग्वेको ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ । त्यस्तै बोलिभियाको भने यो लगातार तेस्रो हार हो ।
समुह ए मा रहेको उरुग्वेसहित यस समुहबाट अर्जेन्टिना, चिली पनि नकआउट चरण अर्थात क्वाटर फाइनलमा पुगिसकेका छन् ।
प्रतिक्रिया