Pura Samachar

प्याराग्वेले चिलेलाई २-० गोलले पराजित गरेको छ।

प्रकाशित: June 25, 2021

प्याराग्वेले चिलेलाई २-० गोलले पराजित गरेको छ।

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत शुक्रवार बिहान भएको दोस्रो खेलमा प्याराग्वेले चिलेलाई २-० गोलले पराजित गरेको छ।

दक्षिणी समूह अन्तर्गत ब्राजिलको राजधानी ब्राजिलियामा भएको खेलमा प्याराग्वेले पहिलो हाफको ३३औं मिनेटमा अग्रता लिएको थियो । प्याराग्वे तथा इंग्लिश क्लब न्युक्यासल युनाइटेडका स्ट्राइकर मिगेल अल्मिरोनको पासमा सामुले गोल गर्दा प्याराग्वेले खेलमा अग्रता लिएको थियो।

 

दोस्रो हाफको ५८औं मिनेटमा प्याराग्वेले अग्रता दोब्बर बनायो। यसपाली अल्मिरोन आफैंले पेनाल्टी मार्फत गोल गर्दा प्याराग्वेले चिले माथि २-० गोलको जित दर्ता गर्न सफल भएको हो।

यस संस्करणको कोपा अमेरिकामा आफ्नो पहिलो पराजय भोगेको चिलेले ४ खेलमा ५ अंक बटुल्दै तेस्रो स्थान ओगटेको छ भने समूह चरणमा एक खेल खेल्न बाँकी रहेको प्याराग्वे ६ अंक सहित दोस्रो स्थानमा रहेको छ। क्वार्टर फाइनलमा भने यी दुवै टोलीले स्थान पक्का गरिसकेका छन्।

प्रतिक्रिया